काठमाडौं १५ चैत्र। नेकपा (एमाले) (माधव नेपाल समुह) ले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी गठन गरेको छ । साविक एमालेका निर्वाचित जिल्ला सचिव राम बहादुर चौहानलाई निलम्बन गरेर ओली समुहले टोप बहादुर रायमाझीका भाई तेज बहादुर रायमाझी (विधान) हुन भन्दै पत्राचार गरेपछि नेपाल समुहले समानान्तर कमिटी निर्माण गरेका हुन् ।समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उप सचिव प्रेम गैरै लगायत सहभागी छन् । शनिबार जिल्ला भेला गरेर सचिव चौहानको नेतृत्वमा ७१ सदस्यिय जिल्ला कमिटी गठन गरिएको युवा संघका सचिव सुशिल भट्टराईले जानकारी दिए ।भेलामा एमाले नेता पिताम्बर भुषाल, संबिधान सभा सदस्य डा। दुमनसिंह थापा लगायत सहभागी थिए । भेलाले सचिवको नेतृत्वमा ७१ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ ।
१५ चैत्र २०७७, आइतबार








प्रतिक्रिया