काठमाडौ १५ चैत । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट निर्मला शर्माले महासंघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रेस युनियनकै रामप्रसाद दाहालले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले महासंघलाई राजनीतिक दलका नेताबाट ठगिएको भन्दै आफ्नो नेतृत्वमा संगठित हुन आह्वान गरेका छन् । यस्तै गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दिएका छन् । बुढाथोकीले दलीय सिण्डिकेटविरुद्ध महासंघमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।
तस्वीर : इकान्तिपुरवाट
प्रतिक्रिया