अर्थ-वाणिज्य

कपिलवस्तुलाई प्रदेश कै पहिलो अपाङगमैत्री जिल्ला बनाऔं :सांसद पन्थी



कपिलवस्तु १६ चैत । लुम्विनी प्रदेशका सांसद विष्णु पन्थीले कपिलवस्तुलाई अपाङमैत्री जिल्ला घोषणा गर्नेगरी तयार अघि वढाउनु पर्ने वताउनु भएकोछ । उहाले अपाङग उत्थान समाज कपिलवस्तुले अपाङगता भएका ब्यक्तीहरुलाई सहायक सामग्री वितरण गर्न आयोजना  गरेको कार्यक्रममा यस्तो वताउनु भएकोहो  । 

वाणगंगा नगरपालिकाका १५ जना अपाङगता भएका ब्यक्तीलाई  एक कार्यक्रमका विच सहायक सामग्री वितरण गरिएको हो । बाणगंगा नगरपालिका भित्र रहेका अपाङगता भएकाहरुलाई ह्विलचियर, ट्राइसाइकल, सेतो छडी तथा बैशाखी वितरण गरिएको अपाङग उत्थान समाज कपिलवस्तुले जनाएको छ । 

कार्यक्रममा सहायक सामग्री वितरण गर्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले अपाङगता भएका ब्यक्तीलाई खुसी पार्न सके मात्र सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थतकता पाउने बताउनुभयो । सडक निर्माण तथा भौतिक विकासलाई मात्र विकास भन्न नमिल्ने भन्दै सामाजिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । कपिलवस्तुलाई अपाङगमैत्री जिल्ला घोषणा गर्नुपर्ने भन्दै त्यसका लागि अहिलेबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नगरपालिकाका उपप्रमुख चक्र अर्यालले नगरपालिका भित्र रहेका अपाङगता भएका ब्यक्तीलाई नगरले सहायक सामग्रीमा कमि हुन नदिने भन्दै यदि सामग्री नपाएको भए संस्थासंग समन्वय गरेर आउन आग्रह गर्नुभयो ।यस्तै राष्ट्रिय अपाङग महासंघका केन्द्रय अध्यक्ष मित्रलाल शर्माले अझैपनि समाजमा अपाङगता भएका ब्यक्तीलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उनिहरुलाई हेयको दृष्टिले हेर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अधयक्ष गणेश बहादुर क्षेत्री, वडा सदस्य सरितादेवी ढकाल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम अपाङग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुङगानाको अधयक्षता र गीता अर्यालले संचालनमा सम्पन्न भएको हो । 

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६