अन्तर्राष्ट्रिय

भैरहवा विमानास्थलवाट नयाँ बर्षमा उडान हुन सक्छ की सक्दैन :मुख्यमन्त्री



भैरहवा १७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन । कोभिड लगायत विविध कारणले ढिलाई भएको आयोजनाको पछिल्लो समयको प्रगति बुझ्न मुख्यमन्त्री विमानस्थलको स्थलगत निरिक्षणमा पुगेका हुन् ।आइतबार साँझ पौने ४ बजे विमानस्थल पुगेका मुख्यमन्त्री पोखरेलले विमानस्थलको टर्मिनल भवन, कार्गो भवन, डिभिओर, एयरपोर्ट लाइटहरुको स्थलगत निरिक्षण गरेका थिए ।

उनले उपकरण  आएकाले  तीनमहिनामा विमानस्थल निर्माण सम्पन्न हुने आसामा रहेको बताए । ‘उपकरण जडान र विदेशी प्रविधिकहरु आउने चुनौतीपूर्ण कार्य थियो अहिले हल भएर काम अघि बढेको छ यो नै परियोजना सम्पन्न गर्ने बलियो अधार हो,’ उनले भने ।प्रदेश सरकारको अपेक्षा  नयाँ वर्षसंगै उडान शुरु हुन सके सबैभन्दा राम्रो हुने रहेको वताए । तर केहि ढिला हुन सक्छ यद्धपी अव ३ महिनापछि जान हुदैन उनले भने । 

मुख्यमन्त्री पोखरेलले मुलुकको गौरवको आयोजनाकै रुपमा रहेको विमानस्थललाई सरकारले एक्सटेन्सन गरी अगाडि बनाउने र अन्तराष्ट्रिय स्तरमा अपग्रेड गर्दै नेपालकै महत्वपूर्ण विमानस्थलको रुपमा स्थापित हुने बताए । ‘समयमा संचालन गर्न कुरामा परिक्षण उडानको खाँचो छ, नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयले छिटो व्यवस्थापन गरे यही आवमा विमानस्थलमा अन्तारष्ट्रिय जहाज उडान अवतरणको अवसर प्राप्त गर्ने छ,’ उनले भने । प्रदेश सरकारले निर्माणको क्रममा आवश्यक निर्माण सामाग्री पहिलै देखि नै सहजिकरण गर्दै आएको र अहिले पनि एप्रोच सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।    

प्रविधिकको अभावमा समस्या रहेको बताउँदै विदेशी र नेपाल तथा भारतकै जनशक्तिबाट अहिले ९६ प्रतिशत निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले मुख्यमन्त्रीलाई व्रिफिङ गरे । विफ्रिङमा आयोजना प्रमुख अधिकारीले आइसीबी १ तर्फ ५ प्रतिशत मात्र लाइट जडानको काम बाँकि रहेको बताए । ‘अबको २ महिनामा सबै उपकरण जडान गर्न सक्छौ त्यसपछिको एक महिनामा परिक्षण उडान गरेर विमानस्थल सञ्चालन योग्य हुन्छ ।परिक्षण उडानको सम्झौता थाईसँग भएपनि बैकल्पीक रुपमा भारत र अष्ट्रिया सँग गर्ने विषयमा पनि छलफल भइरहेको छ । अहिले उपकरणहरु अधिकांस फिल्डमा आएर जडान पनि भइसकेका छन केही जडानको क्रममा छन्,’ आयोजना प्रमुख अधिकारीले भने । 

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०।५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा बन्दैछ । निर्माणधिन आइसिबी १ स्तरको विमानस्थल चिनिया कम्पनि नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ, आईसिबी–२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।

 

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६