ब्रेकिंग न्युज

गुल्मीमा देवरद्वारा भाउजू बलात्कार



गुल्मी १७ चैत्र । गुल्मीमा बाबुद्वारा छोरी बलात्कारको घटना सेलाउन नपाउँदै फेरी देवरद्वारा भाउजू बलात्कारको  घटना बाहिर आएको छ । मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईमा नाम थर गोप्य राखिएका २२ बर्षीया देवरले २४ बर्षीया भाउजूलाई चैत्र १४ गते  राति बलात्कार गरेर भागेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार भाउजू सुत्ने कोठाको भ्यान्टिलेटरबाट भित्र पसेर एक्लै सुतेकी भाउजूलाई बलात्कार गरेर देवर भागेका थिए । 

निज देवरलाई बलात्कार गरि भागेको बेला अर्को दिन विहान मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारबाट पक्राउ गरियोको थियो भने सोमवार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको पाण्डेले जानकारी दिए ।गुल्मीमा फेरि अर्की बालिका पनि बलात्कार उद्योगको शिकार भएको खबर प्राप्त भएको छ ।   चैत्र १४ गतेकै राति बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्वर ३ का  ३३ बर्षीय ड्राइभर चेतमान सुनारले  गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ की १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरि आजै अदालतमा ७ दिन म्याद थप गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६