ब्रेकिंग न्युज

भारतबाट आएका १५ जनामा कोरोना पुष्टि



काठमाण्डौँ १७ चैत्र । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका– ३ का ३४ वर्षीय पुरुष, सोही वडाका ३० वर्षीया महिला र वडा नं. २ का ३० वर्षीय पुरुष रहेका छन् ।त्यसैगरी भारतबाट आएका धनगढी– १ का ३० वर्षीया महिला, डोटीको केआई सिङ गाउँपालिका– ६ का ५८ वर्षीया पुरुष, कञ्चनपुर शुक्लाफाँटा– ११ का २२ वर्षीया पुरुष र कृष्णपुर– ६ का २२ वर्षीया महिलामा कोरोना सङक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६