प्रदेश

काठमाण्डौको वायु प्रदूषणको अवस्था फेरि विश्वकै सबैभन्दा उच्च हानिकारक अवस्थामा



काठमाण्डौ १८ चैत्र । काठमाण्डौको वायु प्रदूषणको अवस्था फेरि विश्वकै सबैभन्दा उच्च हानिकारक अवस्थामा पुगेको छ ।चीनको बेइजिङ, भारत, पाकिस्तान लगायत देशमा भने वायु प्रदूषण कम हुँदै गएको छ । ती देशहरुमा वायु प्रदूषण कम हुँदै गएपछि काठमाण्डौको अहिलेको वायु प्रदूषणको अवस्था विश्वकै पहिलो नम्बरमा देखिएको हो । काठमाण्डौको अहिलेको वायु प्रदूषण मापन गर्ने एक्यूआई दुइ सय २१ रहेको छ । यो केही दिनअघिको भन्दा कम भने हो ।

काठमाण्डौको भैंसेपाटी, रत्नपार्कलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । केही दिनअघि काठमाण्डौको एक्यूआई चार सय ७० भन्दा माथि पुगेको थियो । एक्यूआई २ सयभन्दा माथिको अवस्थालाई उच्च हानिकारक मानिन्छ ।यस्तै काठमाण्डौसहित देशका अरु विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै छ ।

सौराहा, हेटौंडालगायत ठाउँमा पनि अहिले वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको वन तथा वातावरण विभागले जनाएको छ । वायु प्रदूषण उच्च भएसँगै शुक्रबारसम्मका लागि देशभरका विद्यालय बन्द गरिएको छ ।स्वास्थ्यमा विभिन्न असर देखिन सक्ने भएकोले विशेष सावधानी अपनाउन डाक्टरले सल्लाह दिएका छन् । यसअघि गएको पुसमा पनि नेपालमा वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको थियो ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६