प्रदेश

लुम्बिनी प्रदेश : प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आज आजदेखि सुरु हुँदै



बुटवल १८ चैत्र । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आज आजदेखि सुरु हुँदै छ । आजको बैठकमा दुई वटा विधेयक माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको हो ।

दिउस १ बजे बोलाइएको बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले ग्लोबल आवाजलाई जानकारी दिए । आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्यन समतिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने भएको छ ।

यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छन् । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पुर्याइदिएको थियो । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६