प्रदेश

हराएका पाँच बालिकासहित सातजना सम्पर्कविहीन भेटिए



बर्दिबास १८ चैत्र । महोत्तरीको भंगहा–८ धर्मपुरबाट हराएका पाँच बालिकासहित सातजना सम्पर्कविहीन भेटिएका छन्। मंगलबार दिउँसो घाँस काट्न जाँदा हराएका उनीहरु  भारतको सीतामढीमा बुधबार भेटिएको भंगहाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए। यद्यपी प्रहरीले भने महोत्तरीबाट हराएका किशोरीहरू भारतमा भेटिएको कुरा हालसम्म पुष्टि गरेको छैन।

मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान हराएका थिए। महोत्तरीका एसपी दिनेश आचार्यले जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित भएका थिए। बालिका र किशोरी सम्पर्कविहीन भएपछि अभिभावक चिन्तित बनेका छन्। उनीहरु घर नफर्किएपछि साँझबाटै प्रहरी र स्थानीयबासीले उनीहरुको खोजी कार्य जारी राखेका थिए।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६