ब्रेकिंग न्युज

प्रतिनिधि सभाको बैठकमा सांसदबीच आरोप–प्रत्यारोप



काठमाण्डौ १८ चैत्र । प्रतिनिधि सभाको बुधवारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् । शून्य समयमा टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत विघटन गरेको संसद् अदालतको आदेशपछि पुनर्स्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताउनुभयो । यस्तै डिला संग्रौलाले सरकारले कोरोना प्रभावित मजदुरको हितमा काम गर्न नसेकेको र देशमा समस्या नै छैन जस्तो गरेर प्रधानमन्त्रीले भाषण गर्दै हिँडेको बताउनुभयो ।

यस्तै दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीले नै आफूमाथि गम्भीर खतरा रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य प्रकट गर्दै संसदमा प्रधानमन्त्री किन नआएको हो रु भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओली नैतिक रूपमा कमजोर भएकाले संसदमा आउने आँट नगरेको बडुले बताउनुभयो । एमालेकी सांसद शान्ता चौधरीले भने अनावश्यक विवाद निकालेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्न बाध्य गराएको आरोप लगाउनुभयो । उहाँले सरकारले नागरिकको हितमा गरेका काम र विकास निर्माणका कामको पनि समर्थन नभइ विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।  

पुनर्स्थापनापछि प्रतिनिधि सभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेस नदिएको आरोप लाग्दै आएको छ । संसद्लाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गर्नुभएको थियो ।  

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६