प्रदेश

नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी



काठमाडौं १८ चैत्र । नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ । निर्देशनमा हरेक प्रदेशमा सह इञ्चार्ज थप गरिएको छ । जसअनुसार प्रदेश नम्बर १ मा ६ जना थपिएका छन् । त्यहाँ लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्‍क आङ्बोहाङ (लिम्बू) राजेन्द्र गौतमलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।यस्तै प्रदेश २ मा एकजना मात्रै कानुनमन्त्री लीला श्रेष्ठ सहइञ्चार्ज बन्नुभएको छ । बागमती प्रदेशमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठ सहइन्चार्जबनेका छन् ।गण्डकीमा किरण गुरुङ, पदमा अर्याल र लिलबहादुर थापामगर र लुम्बिनी प्रदेशमा चार जना सहइन्चार्ज बन्नुभएको छ । त्यहाँ मणि थापा, दलबहादुर राना, वैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने सहइन्चार्ज बन्नुभएको छ ।कर्णाली प्रदेशमा लक्ष्मी पोखरेल र गुलाबजङ्‍ग शाह सहइन्चार्ज बन्नुभएको छ । सुदूरपश्चिममा गणेश ठगुन्‍ना र नारदमुनी राना सहइन्चार्ज बन्नुभएको छ ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६