बुटवल १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा जे घट्ना भएपनि प्रदेशमा सहकार्यको संस्कृति विकास भएको बताउनु भयको छ । आजबाट सुरुभएको प्रदेश सभाको सातौं अधिवेसनको बैठकमा बोल्दै पोखरेलले सांसदहरुमा दलिय दृष्टिकोण प्रकट भएपनि विकास र सुशासनमा एक हुने बताउनुभयो ।
प्रदेश पूर्वाधार प्राधिकरण सम्बन्धी विध्येक दफावार छलफलको लागि पेश गर्न रोष्टममा पुगेका पोखरेलले पछिल्ला राष्ट्रिय घट्नाक्रमबारे धेरै बोल्नुभएन । उहाले राप्ती टेक्नीकल स्कुलले उपयोग गरेको १७ विघा जग्गा नेपाल सरकारले प्रदेशलाई उपलध्ध गराएकाको भन्दै संरचना निर्माणको लागि प्रदेश पूर्वाधार विकास कार्यालयलाई जिम्मेवारी सुम्पिएको बताउनुभयो ।
प्रतिक्रिया