प्रदेश

काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा वर्षा



काठमाण्डौ १९ चैत्र । काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा वर्षा भएपछि राहत मिलेको छ । तर, देशका अन्य ठाउँमा पानी नपरेकाले प्रदूषणको अवस्था उस्तै छ । हिजो बेलुकादेखिे​ वाग्मती, गण्डकी र  प्रदेश-१ का पहाडी ठाउँहरुमा पानी परेको छ । मौसमविद् मन्जु बासीका अनुसार गोरखामा २१ दशमलव ६ मिलीमिटर पानी परेको छ । ओखलढुङ्गामा १२ मिलीमिटर, काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ दशमलव ८ मिलीमिटर पानी परेको छ भने प्रदेश एकको इलाममा ३ मिलीमिटर, ताप्लेजुङमा ३ दशमलव ८ मिलीमिटर धनकुटामा १ दशमलव १ र पोखरामा एक मिलीमिटर पानी परेको छ ।

पानी परेको क्षेत्रमा केही राहत मिले पनि पर्याप्त नभएको मौसमविद्ले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण सुख्खापन बढेकाले अहिले परेको पानीले जमिन राम्ररी नभिज्ने मौसमविद्ले बताएका छन् । पानीले वातावरण प्रदूषणको मात्रा घटाउन केही सहयोग पुगे पनि राम्रोसँग जमिन भिज्न नसकेको मौसमविद् बासीले बताउनुभयो ।अहिलेको पानीले किसानलाई केही राहत भएको छ तर जमिन राम्रोसँग नभिजेकाले बालीनालीलाई फाइदा पुग्न अझै पानी पर्नु पर्ने विज्ञले बताएका छन् । हिजोको पानीले काठमाण्डौमा तुवाँलो केही हटेको छ । आज पनि काठमाण्डौ उपत्यकालगायत वाग्मती, गण्डकी र प्रदेश नम्बर-१ का केही ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । 

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६