बुटवल २० चैत । नेकपा एमालेमा कादोश्रो पुस्ताका प्रभावशाली नेता एवम लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएकाले छिटटैयसको अन्त्य हुने आशा व्यक्त गर्नु भएको छ ।उहाले यो संघर्ष रुपान्तरण र एकता अन्तर्गत नै भएको हो भन्दै तल्लो तहसम्म तरङगीत हुन नहुने उहाले वताउनु भएको छ ।
एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच लगभग अलग पार्टी बन्नेगरी विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले एकदिन यसको समाधान हुने भन्दै सबै नेता र कार्यकर्तालाई धैर्य गर्न आह्वान गर्नु भएको हो ।
अध्यक्ष ओलीले माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको अवस्थामा पोखरेलको सुझावयुक्त अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको हो ।‘मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा हो, निश्चित समयमा अन्त्य हुन्छ,’ नेता पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एकता र अनुशासन उद्देश्य प्राप्तिको अनिवार्य सर्त हो। धैर्य बनौं।’
प्रतिक्रिया