ब्रेकिंग न्युज

नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक आवहान



काठमाडौं २० चैत्र । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेपछि नेता नेपालले आप्नो पक्षमा स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।आज विहान एघार बजे बस्ने बैठकले पार्टी पुनर्गठन अभियान घोषणा गर्ने एक नेताले बताए । २ जेठ २०७५ को पार्टी कमिटीहरु कायमै रहनुपर्ने माग गर्दै आएको नेपाल समूहले पछिल्ला दिनमा समानान्तर कमिटी निर्माणलाई नै पार्टी पुनर्गठन भन्दै आएको छ ।

बिहीबार मात्र माधव नेपाल र सुरेन्द्र पाण्डे पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय समानान्तर कमिटी घोषणा गरेका छन् ।प्रदेश सचिवालय देखि जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव घोषणा गरेको यो समूहले अब अभियानकै घोषणा गर्ने भएको छ । यो समूहले गण्डकी बाहेक भोजपुर, खोटाङ, अर्घाखाँची लगायत जिल्लामा छुट्टै कमिटी घोषणा गरिसकेको छ ।अखिल नेपाल महिला संघ, युवा संघ नेपाल र अनेरास्ववियुमा पनि समानान्तर कमिटी घोषणा गरेको छ । तर, कमिटी निर्माणलाई तीव्रता दिनुका साथै राजनीतिक प्रतिवेदन पनि लिएर जाने नेतारुको तयारी छ ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६