अर्थ-वाणिज्य

दिगो विकासका निम्ति साझेदारी पत्रमा हस्ताक्षर



बुटवल २० चैत्र । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून)  र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौडयल र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले विहिबार साझेदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । साझेदारी पत्रमा हस्ताक्षर गर्दै  नेफ्स्कूनका अध्यक्ष परितोष पौडयलले प्रदेश संघलाई संस्थागत बनाउदै दिगो रुपमा संचालनका निम्ति ६४ औं सहकारी दिवसको सन्दर्भ पारेर साझेदारी पत्रमा हस्ताक्षर गरिएको बताउनु भयो ।


अध्यक्ष पौडयलले लुम्बिनी प्रदेश राष्ट्रकै नमूना प्रदेश बन्ने विश्वास ब्यक्त गर्दै संघलाई निरन्तर रुपमा साथ र सहयोग पु¥याउने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले आफुहरुले पदभार ग्रहण संगै एकै साथ गरिएको साझेदारी पत्रको हस्ताक्षरबाट उत्साहित बनेको बताउर्दै चैत्र १९ सहकारी अभियानकर्मीका लागि ऐतिहासिक दिन हुने विश्वास ब्यक्त गर्दै सबै पक्षको साथ र सहयोगबाट लुम्बिनी प्रदेशको सहकारी अभियानलाई सार्थक बनाउने धारणा राख्नु भयो ।  

हस्ताक्षर तथा अन्तरक्रिया कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ंसंघसंगको सहकार्य दिगो हुने विश्वास प्रकट गर्नु भयो । त्यस्तै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले श्रोतको संकलन, वितरण प्रणाली र अनुगमन तथा मूल्यांकनको पाटोलाई प्रकावकारी ढंगबाट अगाडी बढाइने धारणा राख्नु भयो । कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले प्रविधीलाई आत्मसाथ गर्दै केन्द्र, प्रदेश र स्थानिय संघ बीच एकरुपता निर्माण गर्दै अगाडी बढने कुरामा नेफ्स्कूनले आवश्यक भूमिका खेल्ने धारणा राख्नु भयो । समारोहमा नेफ्स्कूनका संचालक सन्दिप सापकोटा, नेफ्स्कूनका ब्यवसायिक विभाग प्रमुख राधेश्याम श्रेष्ठ, नेफ्स्कूनका बुटवल फिल्ड कार्यालय प्रमुख राधा पोख्रेल लगायतको आतिथ्यता संघले जनाएको छ ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना सिग्देल, महासचिव ऋषिराम सापकोटा, सचिव बसन्त ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ्ग, लेखा समिति संयोजक कृष्ण चौहान क्षेत्री, संचालकहरु राजन आचार्य, भोज बहादुर बस्नेत, श्याम कुमार पाण्डे, ज्ञानु पौडेल, लक्ष्मण बेल्बासे, सूर्य कुमारी शाही,रुद्ध प्रसाद श्रेष्ठ, निर्मला अधिकारी लगायतको उपस्थिती रहेको लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघले जनाएको छ । विहिबारनै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघको शपथ लिएको संघले जनाएको छ । 

फाल्गुण २३ गते नेपालगञ्जबाट निर्वाचित समितिले एक समारोहका बीच शपथ ग्रहण समारोह सम्पन्न गरेको हो । कार्यक्रम निर्वाचन समितिका संयोजक राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचनको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौडयलको प्रमुख आतिथ्यता र निर्वाचन समितिका सदस्य तथा लुम्बिनी प्रदेश कृषि सहकारी संघका अध्यक्ष नरबहादुर घर्तीको संचालनमा बुटवलमा सम्पन्न भएको संघले जनाएको छ । 

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६