काठमाडौँ २० चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन्। भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् । उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी छन् ।भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।
२० चैत्र २०७७, शुक्रबार
प्रतिक्रिया