जीवनशैली

जनतालाई ढुक्क हुन आवहान गर्दै जनप्रतिनिधीद्वारा सेवन



कपिलवस्तु २० चैत । आज देखि १२ जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन शुरु भएकोैछ । राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्तर्गत वाणगंगा नगरपालिकाका विभिन्न वडामा  हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो।हात्तिपाईले रोग सदाका लागि निर्मुल पार्न यसबाट बचउँ र बचाउँ भन्ने उद्देश्यले वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा आम सर्वसाधारणलाई औषधि सेवन शुभारम्भ गरीएको छ । यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली गरि १२ जिल्लामा हात्तीपाइले विरूद्ध औषधि खुवाउन लागिएको हो।


हात्तिपाईले रोग  पोथि लाम्खुट्टेको टोकाई बाट सर्ने एक सरुवा रोग हो। यो रोग लागि सकेपछि ठिक नहुने , यस्ले मानिसलाई अपांग , अशक्त ,कमजोरी बनाई शरिरका बिभिन्न अंगहरुमा प्रत्यक्ष असर पुराउने गर्दछ। हात्तिपाईले विरुद्धको औषधि पाच बर्ष मुनिका बालबालिका,सात दिनका सुत्केरी, गर्भवती महिला,दिर्घरोगी,सिकिस्त बिरामीहरुले खान नहुने सिकित्सकहरुको भनाई छ।

कार्यक्रममा वाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले यस बर्ष वाणगंगा नगरपालिका भित्र ७८ हजार ३ सय ४६ जनालाई औषधि खुवाउँने लक्ष्य लिएको बताउनु भयो। उहाले भोलिबाट घरघरमा औषधि खुवाउनका लागि ११२ स्वयमंसेविका, ४५ स्वास्थ्यकर्मी, जनप्रतिनिधी र नगरपालिका कर्मचारी लगाएतलाई संलग्न गराएको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै उहाले औषधीले प्रतिरक्षा प्रणलि कमजोर हुने कोहि कसैलाई रिगटा लाग्ने, ज्वंरो आउने, बान्ता हुने आदि लक्षण देखिएपनि नडराउन आग्रह गर्नु भयो।

स्वास्थ्य शाखा प्रमुख खगराज पौडेलले  यो बर्ष ९० प्रतिशत भन्दा बढिलाई औषधि खुवाउन सकिने बताउनु भयो। उहाले सम्पुर्णलाई औषधि प्रतिको नकरात्मक सोच हटाउनु पर्नेमा जोड दिनुयो। उहाले औषधिले कुनै प्रकारको ईफेक्ट नगर्ने बताउनु भयो। हरेक ठाउमा बसोबास गर्ने नागरिकहरु कसैलाई पनि नछुटाई औषधि खुवाउन स्वास्थ्य कर्मिहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले १२ औ चरणको हात्तिपाईले विरुद्धको औषधि नगर उपप्रमुख चक्रपाणी अर्याल , जनप्रतिनिधी र कर्मचारीले सेवन गरेपछि सुरुवात गरीएको थियो । स्वास्थ्यकर्मी भक्तिारम पाण्डेले  वाणगंगाका प्रत्येक वडामा हात्तिपाईले विरुद्धको औषधि खुवाउनका लागि केन्द्रहरु तोकिएको बताउनु भयो।  उहाले नगरका ४ वटा हस्पीटलमा  केन्द्र तोकिएको बताउनु भयो।

वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणि अर्याल, वाणगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत वासुदेब खनाल, वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई लगाएतले हात्तिपाईले बिरुद्धको औषधि सबैलाई खान आग्रह गर्नुभयो।  कार्यक्रम वडा नं ११का वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा भक्तिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएकोथियो ।

यता कपिलबस्तुका विभिन्न पालिकामा  हात्ती पाईले रोगको बिरुद्धको औषधी खाने कार्यक्रम अन्तर्गत तौलिहवामा पहिलो औषधि समन्वय समितिको अध्यक्ष नारायण खनाल, प्रमुख जिल्ला अधिकारी  चक्रपाणी पाण्डे र कपिलबस्तु जिल्लाका  प्रहरी उपरिक्षक नवराज अधिकारीले खानु भएको छ ।

कपिलबस्तुका १० वटै पालिकामा औषधि शेवन कार्य सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। औषधी शेवनको तैयारी पुर्ण रुपमा भइसकेको कपिलबस्तु जिल्ला अस्पतालमा जनाएको छ । जिल्लाको कुल जनसंख्याको ८५ प्रतिशत औषधी खुवाउने लक्ष्य लिएको जनस्वास्थय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराम पान्डेयले बताउनु भयो ।

 प्रत्येक वडा कार्यालयमा यो औषधी खुवाउन थालिएको जनस्वास्थ्य अधिकृत पान्डेयले बताउनुभयो । औषधीले शरीरमा हात्तीपाईलेका् परजिबि मार्ने काम मात्रै गर्छ, त्यसैले सबैले यो औषधी सेवन गर्दा राम्रो हुन्छ । हात्ती पाईलले रोग लाग्यो भने चाडै निको हुदैन् । शरिरीक अवस्थार्न नराम्रो बनाउछ । त्यसैले आषधी सेवन गर्नु नै उत्तम रहेको उनले बताए । हात्तीपाइले एक किसीमको सरुवा रोग हो ।

जुन लामखुट्टेबाट सार्छ ।सम्पूर्ण ब्यतिmहरु लगातर ६ बर्षसम्म औषधी सेवन गरेर रोगका विरामी १ प्रतिशतभन्दा कममा झार्न नेपाल सरकारले २०२८ सम्म लक्ष्य लिएको मेडिकल अधिकृत गगं राम यादवले बताए । अहिले सम्म दुईवटा यो औषधी हामी खुवाएको रहेको बताए । तर कपिलबस्तुका तिनवटा स्थानीय तहमा महराजगज, बाणगंगा नगारपालिका र बिजयनगर गाउपालिका थप १ नयाँ औषधी थपिएको अधिकृत पान्डेले बताउनुभयो । नेपालमा १२ वर्षदेखि वर्षेनी औषधी सेवन गराउदै आएको कपिलबस्तु जिल्ला मात्रै हो ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६