कपिलवस्तु २० चैत ।कपिलवस्तु नगरपालिकामा भूमीहिन सुकुमम्वासी र अब्यवस्थित वसोवासीको तथ्यांक संकलन शुरु भएको छ । सुकुम्वासी समस्या समाधान आयोग र नगरपालिका बीच केहिदिन पहिले भएको संझौता पछि नगरले प्राविधिक कर्मचारी भर्ना , कार्यलय उद्घाटन , कर्मचारीलाई अभिमुखीकरण लगायतका काम सकेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो ।
सुकुम्वासी समस्या सहजीकरण समितिको आज तौलिहवामा सम्पन्न पहिलो बैठकमा नगरले गरेका प्रगनीवारे जानकारी दिदै मेयर किरण सिंहले हरेक वडामा तथ्यांक संकलनको काम अघि वढाउने गरी कर्मचारी परिचालित गरिएको जानकारी दिनु भयो । उहाले सबै राजनैतिकदलले यो काममा सघाउनु पर्ने वताउनु भयो ।
सहजीकरण समितीको बैठकमा नेकपा एमाले नेपाली कांग्रेस माोवादी जसपा लगायतका दलका नगर प्रमुख तथा प्रतिनिधीको उपस्थिती थियो ।
प्रतिक्रिया