अर्थ-वाणिज्य

एकै पटक १ सय ६५ सडकको प्रधानमन्त्री ओलीद्धारा शिलान्यास :केपी ओली



काठमाडौ २१ चैत ।प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको छ । शनिबार बालुवाटारमा एकै पटक १ सय ६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता भए राजीनामा दिने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकताका आधारमा ताजा जनादेशमा जान सकिने धारणा पनि राख्नुभयो । संसद्को अंगकणित राष्ट्रको आवश्यकता अनुसार भएन भने ताजा जनादेशमा जानुको विकल्प नहुने उहाको भनाई छ । 

त्यस्तै प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्न समेत आग्रह गर्नुभयो ।  उहाँले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्रे सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिनुभयो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।  एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराउनुभयो 

प्रकाशित : २१ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६