अर्थ-वाणिज्य

नयाँ सरकार देउवा कै नेतृत्वमा : प्रचण्ड



तौलिहवा २१ चैत ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने बताउनु भएको छ । कपिलवस्तु सदरमुकाम तौलिहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेस प्रधानमन्त्रीको राजिनामा माग्दै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाउने निर्णय गरे संगै नेपाली राजनीतिले कोल्टे फेरेको उहाको धारणा छ । अब नयाँ सरकारका लागि घनिभूत रुपमा छलफल बढाउने पनि प्रचण्डको भनाई छ । 

त्यस्तै प्रचण्डले लामो संघर्ष र बलिदानीबाट बनेको संविधानमा मधेसी, मुस्लिम, महिला तथा दलितहरुका हक अधिकार सबैलाई समेट्न नसकेकोमा असहमती प्रकट गर्दै विस्तारै संशोधन गर्दै जाने समेत बताउनु भयो । तर प्रधानमन्त्री केपी शर्मा वलीले संविधान संशोधन गर्दै परिस्कृत गर्नुको सट्टा ध्वस्त पार्ने खेलमा लागेको प्रचण्डको  आरोप छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री मातृका प्रसाद यादवले मधेशी नेतालाइ कुर्ची मोहको उपमा दिनुभएको छ । मधेशको मसिहा भनेर प्रचार गर्ने तर सत्तालिप्त बाहेक अन्य मधेस र मधेसीको लागी मधेसवादी दलले कुनै कार्य नगरेको यादवको टिप्पणी छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चक्रपाणी खनाल बल्देवले ठुलो वा सानो नभई राम्रो काम गर्नु पर्ने बताउनु भएको छ । जनताको पक्षमा काम गर्दा गर्दै आफुलाई प्रधानमन्त्री ओलीले हटाएको प्रति खनालले दुखेसो पोख्नुभयो ।  किसान जनताले मल नपाएको अवस्थामा पानी जहाज ल्याउनुको कुनै अर्थ नभएको खनालको टिप्पणी छ । 

अब परिवर्तनका लागि सबै एक हुन बलदेवले आग्रह गर्नु भयो । कार्यक्रममा २ हजार ५ सय १८ जना नेपाली कांगेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विप्लव समुह लगायतको पार्टी छोडेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै ईसराउद्दीन मुसलमानले प्रतिमगन शक्ति विरुद्ध लाग्न पार्टी प्रवेश गरेको बताउनु भएको छ । 

प्रकाशित : २१ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६