जीवनशैली

नव नियुक्त राजदूत डा. विश्वकर्मालाई कपिलबस्तुमा सम्मान



कपिलवस्तु २१ चैत ।दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त डा. निर्मलकुमार विश्वकर्मालाई आज एक कार्यक्रमका बिच शुभकामना सहित सम्मान तथा बधाइ ज्ञापन गरीएको छ ।  कपिलवस्तुका विभिन्न सघं सस्थाको आयोजनामा नव नियुक्त राजदूत विश्वकर्मालाई आज गोरुसिंगेमा सम्मान तथा बधाइ ज्ञापन गरीएको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयूक्त) फुड मुभमेन्टमा पिएचडी गरेका छन् ।

कार्यक्रममा नव नियुक्त राजदूत विश्वकर्माले आपनो कार्यकालमा नेपाल र अफ्रिकाको सम्बन्ध प्रगाढ बनाउनमा भुमिका खेल्ने, व्यापार, पर्यटन, रोजगार जस्ता क्षेत्रको विकाशमा पनि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दलित मुस्लिम र पिछडिएको वर्गलाई मुलधारमा समाहित गर्न पनि पहल गर्ने राजदूत विश्वकर्माले बताउनु भएको छ ।  यस्तै संविधान सभा सदस्य शान्ति देवि हरीजनले दलित समुदायबाट नेतृत्व गर्दै यहाँसम्म पुग्नु गर्वको कुरा भएको बताउनु भयो ।

डा. निर्मलकुमार विश्वकर्मा दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति र कपिलवस्तु जिल्लामा दलित समुदायबाट विद्याबारिधि गर्ने पहिलो व्यक्ति भएको शिवराज नगरपालिका कार्यपालिका सदस्य सि वि गहतराजले बताउनु भयो । दलित शसक्तिककरण सस्थाका अध्यक्ष डम्वर सिंह सुनार लगायत कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले नव नियुक्त राजदूत डा. निर्मलकुमार विश्वकर्माको सफल कार्यकालको सुभकामना सहित बधाई ज्ञापन गरेका थिए । दलित शसक्तिककरण सस्थाका अध्यक्ष डम्वर सिंह सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहज नेपालका अध्यक्ष संजिव गहतराजले गर्नुभएको थियो । 

प्रकाशित : २१ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६