ब्रेकिंग न्युज

सुवेदी र चुडालका सम्बन्धमा आगामी वैशाख ३ गते संसदीय सुनुवाइ हुने



काठमाडौं २२ चैत्र । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालका सम्बन्धमा आगामी वैशाख ३ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको समितिको बैठकमा उजुरीकर्तासँग छलफल भए पनि अर्को बैठकमा थप प्रक्रिया अघि बढाउने गरी बैठक टुंगिएको हो ।

आइतबार सांसदहरुको व्यस्तताका कारण बैठक चाँडै टुङ्ग्याइएको बताइएको छ ।यद्यपि न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । संसदीय सुनुवाइ समितिमा पनि सुवेदीको योग्यतालाई लिएर उजुरी परेको छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको छ ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६