अर्थ-वाणिज्य

प्रचण्ड र भारतको एउटै भाषा छ एउटै मिसन : मन्त्री पौडेल



कपिलवस्तु २२ चैत । लुम्विनी प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले देश विकास राष्ट्रहीत सुदृढ गर्न लागि परेका प्रधानमन्त्री केपि शर्मा ओलीलाई सत्तावाट फाल्न प्रचण्ड र भारतको एउटै भाषा छ एउटै मिसन रहेको वताउनु भएको छ । उहाले नेकपा एमालेको जनबर्गिय सङठन अखिल नेपाल किसान महासंघ कपिलबस्तुको भेलालाई गोरुसिङ्गेमा  संवोधन गर्दै यस्तो वताउनु भएको हो । 

एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह सम्योजक  गिरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  एमाले लुम्बिनी प्रदेश कार्यालयका सचिब बलराम अधिकारी ,अखिल नेपाल किसान महा संघका  केन्द्रिय सचिब खड्क बहादुर खड्का, नेकपा एमालेका जिल्ला नेताहरु डम्मर शर्मा,बाबुराम खनाल,टेकराज पौडेलले किसान भेलालाई सम्बोधन गर्नु  भएको थियो ।

 किसान महासंघ कपिलवस्तु जिल्लाका सम्योजक शालिक राम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालनमा भएको कार्यक्रमको सन्चालन केन्द्रिय सदस्य प्रकाश टन्डन र स्वागत भाषण रामबिलास यादबले गर्नुभएको थियो ।कार्यक्रममा  ओलिलाई पार्टी भित्र पार्टी बाहिर, देश भित्र देश बाहिर जताततै बाट आक्रमण छ । ओलीलाई सत्ताबाट फाल्न प्रचण्ड र भारतको एउटै भाषा छ एउटै मिसन छ  ।  कम्युनिस्टहरु एक भए भनेर हामीले मानेको खुशी प्रचन्डका  कारण भताभुङ्ग पारदिनु भयो ।पुर्व मवोबादिका केन्द्रिय सदस्य रहनु भएका हाल नेकपाका केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले  बताउनु भयो  । 

त्यसै गरि  लुम्बिनी प्रदेशका कृषि  मन्त्री पौडेलले प्रदेश सरकार किसानका हरेक समस्या समाधान गर्न तत्पर रहेको बताउनु भयो । एमालेका प्रदेश कार्यालय सचिब  तथा संविधान सभाका सदस्य बलाराम अधिकारीले किसानका समस्या समाधान गर्न  पार्टीको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।यसै गरि किसान महासंघका  सचिब खड्ग बहादुर खड्काले किसानका समस्या समाधान र सरकारको दायित्व बारेमा धारणा राख्नु भयो ।

जिल्ल्ला नेता डम्मर शर्माले कोरोनाको बेला किसानले उत्पादन भएका तरकारी र फलफुल फ्याँकिएको मा असन्तुष्ट ब्यक्त गर्नु भयो ।त्यसै गरि अर्का नेता बाबुराम खनालले किसानका समस्या समाधान गर्न आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।  नेता टेकराज पौडेलले हाम्रो उत्पादन प्रणाली  निर्बाह मुखी भएको र अबको दिनमा ब्यबसायिकता तर्फ लाग्नु पर्ने बताउनु भयो ।भेलाले कपिलवस्तु जिल्लामा   .१०१  सदस्यिय  जिल्ला सङठन कमिटी नेपाल किसान महासंघ  बनाएको छ ।

शालिकराम पौडेल सम्योजक रहेको सो सङठनमा सह सम्योजक ढुन्डिराज पन्थी सचिब .नारायण पन्थी सहसचिबमा कृष्ण प्रसाद भट्टराई रहनु भएको छ ।नव निर्वाचन कमिटीलाई सपथ केन्द्रीय सचिब खड्क बहादुर खड्काले गराउनु भएको थियो भने मन्त्री आरती पौडेलले नव निर्व्वाचित कमिटिलाइ बधाइ ज्ञापन गर्नु भएको थियो ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६