प्रदेश

काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थाल्यो



काठमाण्डौ २३ चैत्र ।  काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो ।वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उहाँले बताउनुभयो ।

सामान्यतया चैतको यो बेला काठमाण्डौको न्यूनतम तापक्रम १३, १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै हुने गर्थ्यो । तर केही दिनदेखि न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियसको हाराहारीमा रहने गरेको छ । पानी नपर्दासम्म प्रदूषण कायमै रहने र प्रदूषण रहेसम्म मौसम यस्तै रहने मौसमविद् अर्यालले बताउनुभयो ।प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनभयो ।

यस्तै वातावरण विभागले पनि प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने बताएको छ । अघिल्लो हप्ताको तुलनामा प्रदूषण केही घटे पनि तत्काल पूर्णरुपमा हट्ने सम्भावना नरहेको विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो ।देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन नसक्दासम्म प्रदूषण कायमै रहने उहाँको भनाइ छ । 

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६