कपिलवस्तु २४ चैत । नेपालपत्रकार महासंघ कपिलवस्तुको सचविमा जानु पाण्डे र कोषाध्यक्षमा मोहन बेल्बासे निविरोध निर्वाचित हुनुभएको छ । सचिवमा सनिउल्लाह धोवी र कोषाध्यक्ष सम्भु मालीले उम्मेदवारी फिर्ता लिएसंगै पाण्डे र बेल्वासे निर्विरोध निर्वाचित हुनुभएको हो । यता अध्यक्षका उम्मेदवार डिलाराम भुषालले किरणमान बज्रचार्यलाई समर्थन गरेपछि संयुक्त प्यानलको तर्फबाट किरणमान बज्रचार्य र प्रेस मञ्चको तर्फबाट कृष्णनगरका पत्रकार मनोज ओझा विच चुनावी प्रतिस्प्रर्धा हुने भएको छ ।
यस्तै उपाध्यक्षका उम्मेदवार बाबुराम रायमाझिले पनि उम्मेदवारी फिर्ता लिएपछि संयुक्त प्यानलका हरि अधिकारी र रमेश कुमार मिश्रा विच प्रतिस्प्रर्धा हुने भएको छ । उता खुल्ला सदस्यमा उम्मेदवारी दिनुभएका अशोक पौडेल र कृष्ण थापा र प्रदेश परिषद सदस्यबाट सरोज खनालले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । यता समावेशी सह सचिवमा राजेश चौधरी कुर्मि, महिला सदस्यमा सृजना खनाल र दलित सदस्यमा राम प्रकट कोरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै राष्ट्रिय परिषद सदस्य मनोज कुमार श्रीवास्तव, शसिधर सापकोटा, लक्ष्मण बेल्बासे र सरोज अर्याल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । अब महिला उपाध्यक्षमा स्वेता गिरी र शारदा केसी विच चुनावि प्रतिस्प्रर्धा हुने छ । सह सचिवमा संयुक्त प्यानलका सञ्जिब गहतराज र प्रेस मञ्चका निरहु यादव तथा समावेशी सह सचिवमा राजेश चौधरी कुर्मि विच प्रतिस्प्रर्धा हुने भएको छ । यता आठ खुल्ला सदस्यका लागि लागि १४ जना विच र १२ प्रदेश परिषद सदस्यका लागि १७ जना विच चुनावि प्रतिस्प्रर्धा हुने भएको छ ।
प्रतिक्रिया