शिक्षा

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु



काठमाडौं २६ चैत । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ ।विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा.  मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख छ ।सो अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६