ब्रेकिंग न्युज

पत्रकार महासंघको धनुषा र कास्कीमा महिला उम्मेद्वार विजयी



 काठमाडौं २६ चैत । पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्वार विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झाले ५० मत र कास्कीमा विमला भण्डारीले १७४ मत ल्‍याएर महासंघको जिल्ला शाखा अध्‍यक्षमा विजयी भएका हुन् ।मनिकाले  पुरन गुप्ता, राजन सिंह, धर्नेन्द्र झा, नित्यानन्द मण्डल र अर्जुन क्षेत्रीलाई हराउँदै जिल्ला शाखा अध्‍यक्षमा विजयी भएकी हुन्। धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश-२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह-सचिवमा निरन्जन साह, सह(सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

यस्तै कास्कीकी विमला भण्डारी महिलाले मात्रै सञ्चालन गरिरहेको रेडियो जननी कास्कीकी संस्थापक स्टेसन मेनेजर हुन् । उनी न्यूनतम पारिश्रामिक निर्धारण समितिकी सदस्य समेत हुन् ।उनको नेतृत्वमा उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना र महिला उपाध्यक्षमा जमुना वर्षा शर्मा विजयी भएकी छिन् । सचिवमा माधव बराल, सह(सचिव खुलातर्फ श्रीराम सिग्देल, सह-सचिव समावेशी तर्फबाट रेम विश्वकर्मा, कोषध्यक्षमा एकराज गिरी विजय भएका छन् । तीन सय १२ मतदाता भएको कास्कीमा तीन सय ५ मत खसेको थियो ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६