काठमाण्डौ २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ ।प्रतिनिधि सभाको बिहीवारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो ।अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै नरहेकाले नेकपाको नाममा हुने निर्णयमाथि कानुनी प्रश्न उठ्न सक्ने भन्दै आफूहरूलाई एमालेकै सांसदका रूपमा काम गर्न दिन पनि अधिकारीले माग गर्नुभएको छ ।यस्तै बिहीवारको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रका समस्या तथा सरकारको समर्थन र आलोचना गरेका छन् ।
२६ चैत्र २०७७, बिहिबार
प्रतिक्रिया