ब्रेकिंग न्युज

रुपन्देहीको सियारीमा एक पुरुष श्रीमतीको हत्या अभियोगमा पक्राउ



 बुटवल २७ चैत्र । रुपन्देहीको सियारीमा एक पुरुष श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् । विहिबार सियारी–३ हर्नैयामा बस्ने ५५ वर्षिया कुस्मा बानियालाई घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान ६६ वर्षिय गनपत बानिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।प्रहरीका अनुसार विहिबार विहान ३ः१५ बजेको समयमा कुस्मालाई आफ्नै घरमा श्रीमान गनपतले सामान्य बिवाद हुँदा आवेशमा आई हत्या गर्न पुगेका थिए ।

जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा कुश्मा खाटमा मृत अवस्थामा रहेको उनको घाँटीमा शंकास्पद दाग देखा परेकोले पोस्टमर्टमको लागी भिम अस्पताल भैरहवामा पठाईएको छ । श्रीमान गनपतलाई नियन्त्रणमा लिई गरिएको प्रारम्भीक अनुसन्धानमा श्रीमानले हत्या गरेको स्वीकार गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६