जीवनशैली

सरकार ढाल्ने खेलमा सामेल छैन : सांसद पन्थी



बुटवल २८ चैत ।सरकार ढाल्न नेपाली कंग्रेस र माओवादी केन्द्र्रले गरेको पूर्व तयारीमा एमालेवाट निर्वाचित सांसद विष्णु पन्थीको नाम जोडेर भएको चर्चालाई उहाले निराधार भन्नु भएको छ। विपक्षीकोे अविश्वास प्रस्तावमा हस्ताक्षर हल्लाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकंर पोखरेल जति तनावमा  हुनुहुन्छ  म पनि उति नै तनावमा छु कारण हो मलाई वदनाम गराउन खोजकाले सांसद पन्थीले भन्नु भयो ।

बेला बेलामा मेरा बिरुद्ध अनर्गल प्रचार भई रहेको छ म सरकार ढाल्ने खेलमा सम्लग्न छैन पन्थीले भन्नु भयो  । अनर्गल र तथ्यहिन हल्ला नगरौं  । म आजपनि एमाले कार्यकर्ता हुँ भन् दै नेकपा एमालेको  प्रदेश कमिटीको सचिवालय बैठकमा गएर आफ्ना कुरा राख्छु तर पार्टीलाई कुनै आघातल्दैन उहाले भन्नु भयो । आफू २०७५ जेठ ३ अघिको अवस्थामा जानुपर्छ भन्ने पक्षमा दृढ रहेको वताउदै  सरकार ढाल्ने खेलमा नलागेको स्पष्ट पार्नु भयो ।

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६