प्रदेश

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, १४ औं महाधिवेशनबारे छलफल हुने



काठमाण्डौ २९ चैत्र । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाउनुभएको हो ।पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको सहभागिता रहनेछ । आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ ।भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।गएको शुक्रबार सभापति देउवाले ३ दलको संयुक्त बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पनि ठोस निर्णय दिएको छैन ।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६