कपिलवस्तु ३० चैत । नेपाल सरकारको उद्योग मन्त्रालय र कपिलवस्तुको बाणगंगा नगरपालिका बीच भलवाडमा औद्योगिक ग्राम वनाउन एक सम्झौता पत्रमा हस्ताक्षर गरिएकोछ । मन्त्रालयका औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख एवम सह सचिव बलराम रिज्याल र कार्यवहाक मेयर चक्रपाणी अर्याल बीच संझौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल र नगर प्रबक्ता विष्णु पौडेल समेतको सहभागिता थियो ।
उद्योग मन्त्रालयमा भएको संझौतामा चालु आवमा मन्त्रालयले ९२ लाख उपलब्ध गराउने उल्लेख छ । यसै गरी चालु आवमा लुम्विनी प्रदेश र स्थानीय पालिकाले समेत रकम विनियोजन गरेर काम अघि वढाउने प्रावधान राखिएको छ । भलवाडको वर्दहवा स्थित वाल कल्याण आधारभूत प्रावि भन्दा २०० मिटर दक्षिणमा नदी उकासको ११ विगाह जग्गामा औधोगिक ग्राम बनाउने गरी विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको वडाध्यक्ष ध्रुव वेल्वासेले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
औधोग मन्त्रालयले लगानी लगाउन कम्तीमा ७ विगाह जग्गा ब्यवस्था गरिएको हुनु पर्ने भन्ने प्रावधान रहेको छ । डिपिआरमा ५१ करोड लागतमा आधुनिक किसीमको औधोगिक ग्राम बन्ने उल्लेख छ । मन्त्रालयले उपलब्ध गराक्एो यो प्रारम्भीक रकमवाट सबैभन्दा पहिाल वाउण्ड्री, विधुतीकरण र खानेपानीको काम हुने वडाध्यक्ष बेल्वासेले वताउनु भयो । कार्यवहाक मेयर अर्यालले मन्त्रालयसंग भएको संझौता वमोजिम अव काम तिब्र रुपमा अघि वढाइने र प्रदेश र नगरपालिकाको समेत चालु आवमा लगानी जुटाउन पहल हुने उहाले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
प्रतिक्रिया