प्रदेश

प्रदेश कै स्वामित्वमा विश्व विद्यालय खोल्ने पहिलो प्रदेश लुम्विनी हुने मुख्यमन्त्रीको दावि



कपिलवस्तु ३० चैत । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशमा आफ्नै विश्व विद्यायल हुने पहिलो प्रदेश लुम्विनी बन्ने दावि गर्नु भएको छ । उहाले संघिय संरचनापछि प्रदेश भित्र प्रदेशकै  लगानीमा खुलने विश्व विद्यालय लुम्विनी प्रदेशकै हुने दावि गर्नु भएको छ । सो काम अव छिट्टै हुने स्पष्ट पार्नु भयो । कपिलवस्तुको यशोधरा गाउपालिकाको बैदौली स्थित अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको हिरक महोत्सवको उदघाटन गर्दै मुख्य मन्त्री पोख्रेलले उच्च शिक्षा अध्ययनमा सहजताकालागि प्रदेश बिश्व बिद्यालय आवश्यक रहेको बताए । विश्व विद्यालय संचालनका लागि सरकारले निति बनाउने काम अगाडी बढाएको वताउनु भयो ।

प्रदेश सरकारको लगानीमा क्याम्पसको पहुँच नभएका क्षेत्रको अध्ययन गरी ति क्षेत्रमा क्याम्पस स्थापना गर्ने  समे मुख्य मन्त्री पोख्रेलले बताउनु भयो  । उहाले कोभिडको कहरमा विद्यालय क्वारेन्टाईनको रुपमा प्रयोग हुँदा अधिकांश विद्यालयमा पठनपाठनमा समस्या देखिएको वताउदै विद्यालयमा शौचालय सुधारको लागि प्रदेश सरकारले थप योजना ल्याउने  तर्क गर्नु भयो ।  मुख्यमन्त्री पोख्रेलले अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको भौतिक पुर्वाधारको अवस्था कमजोर रहेकोले पुर्वाधार विकासका प्रदेश सरकारले सहयोग गर्ने  आश्वासन दिनु भयो ।

उहाले मधेसमा शिक्षाको पहुँच बृद्धी गर्न सरकारले ध्यान दिएको दाबी भन्दै  प्रदेश सरकारले शिक्षाको पहुँच बढाउँनका लागि कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्रा, दलित तथा मुस्लिम विद्यार्थीलाई छात्रवृतीको व्यवस्था गरेको बताउनु भयो  । छात्रवृतीका कारण विज्ञान विषय पढ्ने बालिकाको संख्या तिन गुणा वृद्धी भएको औल्याउनदै प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा मुस्लिम बालबालिकाको शिक्षामा पहुँचको लागि सरकारले चासो दिएको प्रष्ट पार्नु भयो  ।सो अवसरमौ संघिय संसद बृजेश कुमार गुप्ताले मधेसका विद्यालयको स्तर सुधार गर्न सरकारले ठोस कदम चाल्नु पर्ने  वताउनु भयो ।

दक्षिणी क्षेत्रका विद्यालयमा आधारभूत तह पछि विद्यालय छाड्ने दर वढी भएको हुँदा कम गर्नका लागि स्थानीय सरकारले निति बनाउन जोड दिनु भयो । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास समितिका सभापती दीर्घनारायण पाण्डेयले मधेसी भेगमा बालिका घरायसी प्रयोग गर्दा शिक्षाबाट वन्चीत भएको तर्क गर्नु भयो ।लुम्विनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तव, रिना नेपाल, संविधान सभा सदस्य बलराम अधिकारी, समाजसेवि राकेश कुमार पाठक लगायतले मन्तब्य राख्नु भएको थियो ।

सिमा सँग जोडिएको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहको विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय रहेको विद्यालयमा प्रधानाध्यापक रमेशनाथ पाण्डेयले प्रेसपाटीलाई जानकारी दिनु भयो  । सोमबार देखी सुरु भएको हिरक महोत्सव ३ दिन सम्म चल्ने बताइएको छ । कार्यक्रम यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेको अध्यक्षता र विद्यालयका शिक्षक रामसेवक यादवको संचालनमा सम्पन्न भएको थियो । यस्तै मुख्य मन्त्री पोख्रेलले सोमवार नै तौलिहाव स्थित बालगृहको अवलोनकन गर्नु भएको छ ।

मुख्यमन्त्री पोख्रेललाई बालगृहको अवस्था बारे नेपाल बाल संगठनका अध्यक्ष गोपालमणी ज्ञवालीले जानकारी गराउनु भयो  सो अवसमरमा मुख्य मन्त्री पोख्रेलले बालगृहको भौतिक अवस्था सुधारकालागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको वताइएकोछ । 

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६