ब्रेकिंग न्युज

कर्मचारीको मृत्युको शोकमा गुल्मी प्रशासन कार्यालय पूर्णरुपमा बन्द



 गुल्मी २ वैशाख। जिल्ला प्रशासन कार्यालय गुल्मी आज एक दिन पूर्णरुपमा बन्द हुने भएको छ ।४ जना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको शोकमा आज कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । साथै अत्यावश्यकबाहेकका सेवा भने ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा लु१ज १६५५ नम्बरको प्युठानको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका -३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका-७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट-७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका-७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको थियो ।

जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।दुर्घटनामा गम्भीर घाइते सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।

दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली दुर्घटनामा परेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मासहितको टोली प्युठान पुगेको थियो । जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोली दुर्घटनास्थल र घाइतेहरुको अबस्था बुझेर गुल्मी फर्किएका छन् ।मृतक ५ जनामध्ये स्याङजा निवासी श्याम न्यौपानेको शव आफन्तले बुझेका छन् । अन्य ५ जनाको शव श्रद्धाञ्जलीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा राखेर आफन्तलाई बुझाइने छ ।

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६