लुम्बिनी

लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु



काठमाण्डौ २ बैशाख । लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत सुरु गरेका हुन्।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने प्रक्रिया अघि बढिसकेको लुम्बिनी प्रदेशको कांग्रेस र माओवादी केन्द्रका प्रदेश सांसदहरुले बताएका छन् ।८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद रहेका छन् । माओवादी केन्द्रले पोखरेललाई हटाएर कांग्रेस, जसपा र जनमोर्चाको समर्थनमा कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने कसरत गरिरहेको बुझिएको छ ।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री शाहीले भोलि प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को २ बमोजिम विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको छ ।केन्द्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि नेपाली कांग्रेस, जसपा र माओवादी केन्द्रले कसरत गरिरहेका छन् । जसपाका नेताहरुले सरकार गठनमा कांग्रेस अग्रसर नहुने भए जसपालाई नेतृत्व दिन कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गर्नुभएको छ ।

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६