काठमाण्डौ ३ बैशाख । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गएको फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।संसदीय सुनुवाइमा सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुई वटा गरेर सात वटा उजुरी परेका छन् । चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएकोमा सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला सुनाएको हो ।
३ बैशाख २०७८, शुक्रबार








प्रतिक्रिया