ब्रेकिंग न्युज

अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु



बुटवल ३ बैशाख । अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्‍चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास-प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६