ब्रेकिंग न्युज

महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ



कपिलवस्तु ३ बैशाख । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ परेका छन । मानिसको औलाहरु ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए ।

प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६