काठमाण्डौ ३ बैशाख । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डाक्टर कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले शुक्रवार (आजै) नै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।
३ बैशाख २०७८, शुक्रबार








प्रतिक्रिया