प्रदेश

चालू शैक्षिक सत्रको वार्षिक परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय



तिलोत्तमा ४ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालू शैक्षिक सत्रको वार्षिक परीक्षा यहीँ वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।

नेपालमा समेत दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको छ ।परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।

नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यहीँ वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो।बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको छ ।

यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले बताए । यसैबीच कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भैरहेको भन्ने खबरहरु सार्वजनिक भैरहँदा नगर प्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको छ । कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको हो ।


प्रकाशित : ४ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६