कपिलवस्तु ५ बैशाख । कपिलबस्तुको बाणगंगा नगरपालिका भित्रका सबै विद्यालयमा आउदो बैशाख १२ गते देखि बार्षिक परिक्षा संचालन हुन भएको छ । कोरोनाको कहर चुनौतिपूर्ण बन्दै गर्दा बाणगंगा नगरपालिकाले पनि थप सतर्कता स्वरुप परिक्षा संचालन गर्ने निर्णय भएको हो । मुलुकभर दोश्रो लहर फैलँदै गर्दा विद्यालयहरु समस्यामा परेको भन्दै नगरले वैशाख १२ देखि नगरका सबै विद्यालयमा बार्षिक परीक्षा सुरु गर्ने निर्णय गरेको बाणगंगा नगर शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले बताउनुभयो ।
साथै परिक्षा संचालन र व्यवस्थापनका लागि तयारी समेत सुरु भई सकेको उहाले जनाउनुभयो । उहाले सोही अनुसार नगर भित्रका सबै विद्यालयलाई तयारी अगाडी बढाउन निदेशन समेत दिएको बताउनुभयो ।यसअघि जेष्ठमा बार्षिक परीक्षा संचालन गर्ने निर्णय भएको थियो । तर पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भईसकेकाले वातावरण अनुकुल नहुने ठानेर यही बैशाख १२ गते देखि परीक्षा सुरु गर्ने निर्णय गरिएको शिक्षा शाखाले बताएको छ ।
यता आकास्मीक निर्णयले शिक्षकहरुमा छाएको अन्यौलता भने हटेको बाणगंगा मावि सिद्धिपुरका प्रध्यानध्यापक रामप्रसाद भण्डारीको भनाई छ । यद्यपी परिक्षा संचालनको तयारी र व्यवस्थापनमा समस्या नभएपनि विषय बस्तु नसकिएकाले अपेक्षा गरे अनुसार शिकाई उपलब्धी नआउने होकी भन्ने चिन्ता आफुलाई रहेका उहाले बताउनुभयो ।यस्तै विद्यार्थीहरुमा पनि सो निर्णयले विषयबस्तु नसकिएकाले केहि चिन्ता थपिएको छ भने तयारीलाई तिब्रता दिनुपर्ने बाध्यता भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया