पर्यटन

मुख्यमन्त्री रोजगार कार्यक्रम यूवाहरु बीच लोकप्रिय ,रोजगार सीपवाट दर्जनौ युवा लाभाविन्त



कपिलवस्तु ५ बैशाख । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम यूवाहरु बीच रोजगार सीप आर्जनकालागि प्रभावकारी बन्दै गएकोछ । जस अन्तर्गत  बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालद्धारा  ३ महिने कुक, वेटरर र फेसन डिजाइनिङग कार्यक्रम उद्धघाट्न गरीएको छ ।

नगरभित्रका नगरवासिहरुमा रोजगार सृजना गर्ने उद्धेश्यका साथ वडा नं ४ मा रहेको नगरपालिकाको भवनमा कार्यक्रम उद्धघाटन गरीएको हो ।वडाको सिफारिसमा ११ वटै वडाबाट  २, २ जना परीक्षार्थी छनोट गरी जम्मा ६६ जनालाई तालिम दिईने सुचना प्रवृति अधिकृत सम्राट रेग्मीले जानकारी दिनुभयो । सिटिईभिटिको लेबल एक सरहको तालिम छनौट परीक्षार्थिहरुलाई प्रदान गरिने समेत उहाले जानकारी दिनुभयो।

कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनालको आतिथ्यता, शिक्षा शाखाका उपसचिव बाबुराम भट्टराई , शाखा अधिकृत केशव राज भट्टराईको उपस्थिती रहेको थियो । कार्यक्रम नगरपालिकाका उपप्रमुख  चक्रपाणि अर्यालको अध्यक्षतामा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६