प्रदेश

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाण्डौ ६ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी सङ्गठनबारेमा छलफल हुने नेता देव गुरुङले जानकारी दिनुभयो ।बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ । अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्र नयाँ सरकार बनाउने कसरतमा जुटेको छ ।यसका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग दिनहुँजसो छलफल गर्दै आएको छ ।  तर, माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले कुनै  पनि औपचारिक निर्णय गरेका छैनन् । 

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६