कपिलवस्तु ९ बैशाख ।कपिलवस्तुको बाणगंगा ७ खारखानीमा निर्माण हुने १२५ मेघावाट क्षमताको मेगासौर्य परियोजनाको निर्माणकालागि आज बाणगंगा नगरपालिका र राइजेन इनर्जी सिङ्गापुर जेभीबीच संझौता हुने भएको छ । विहान ९ कम्पनीका प्रतिनिधी र वाणगंगा नगरबीच विधिवत संझौता पत्रमा नगरपालिकाको भवनमा हस्ताक्षर हुने वाणगंगा ७ का वडाध्यक्ष विष्णु गिरीले जानकारी दिनु भयो ।
परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर अर्थात ११ अर्व २५ करोड नेपाली रुपैया रहेको छ । आज हुने संझौता पत्रमा बाणगंगा नगरका प्रतिनिधी र निर्माता कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गर्नु हुने वताइएको छ ।
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लाण्टसहितको दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि समझदारीपत्रमा गत माघमा हस्ताक्षर भएको थियो । ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिङ्गापुर जेभीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा एक सय २५ मेगावाटका दरले दुई सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेज प्लाण्ट स्थापनाका गरिने छ ।कम्पनीले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनुपर्ने भनिएकोमा छिटो अध्ययन समाप्त भएकाले संझौता हुने भएको हो । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।
तस्बीर : संभाब्यता अध्ययनको सहमति पत्रमा हस्ताक्षर हुदै
प्रतिक्रिया