पर्यटन

ओली – नेपाल वार्ता : पार्टीलाई फुट्न नदिन निरन्तर वार्तावाट सहमति



काठमाडौं ९ बैसाख । नेकपा एमालेभित्रको विवाद समाधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच राजधानीको मेरियट होटेलमा भेट भएको हो। वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन्। तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्।वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी छन् । पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच अहिले केहिबेरमा पार्टीभित्रको समस्या समाधानको विषयलाई लिएर छलफल भएको एमालेका नेताहरुले बताएका छन् । दुई नेताबीच छलफलको वातावरण बनाउनका लागि नेता योगेश भट्टराईले समन्वयको भूमिका निर्वाह गरेका थिए । नेता भट्टराई आज बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पार्टी बचाउन पहल गर्न आग्रह गरेका थिए ।

पार्टी अध्यक्षको हैसियतले समस्या समाधानका लागि पहल गर्न ओलीलाई आग्रह गरेपछि छलफलको वातावरण सिर्जना भएको हो । संघका २७ र प्रदेशका पाँचसहित ३२ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण माग गरेपछि एमालेभित्रको विवाद झन चरम विन्दुमा पुगेको थियो । ओलीको निर्णयविरुद्ध नेपाल–खनाल समूह सर्वोच्च अदालतमा गए पनि आज निवेदन दर्ता हुन सकेन ।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६