कपिलवस्तु ९ वैशाख।कर्मचारी र जन प्रतिनिधिहरुमा कोरानो संक्रमण देखिए पछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताको लागि बन्द भएको छ । कोरोना भाईरस कोभिड–१९ को संक्रमण बढी रहेकोले रोकथाम गर्ने उद्देश्यले कार्यलाय बन्द रहने नगरपालिकाले जनाएको छ ।नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टी भएकोले बन्द नगरपालिका बन्द गरिएको हो ।
महाराजगन्ज नगर कार्यपालिकाको बिहीवारको बैठकले वैशाख १० गते देखि वैशाख १७ गते बन्द रहने सूचना प्रकाशित गरेको छ । नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाहरु बाहेक नगरपालिकाको अन्य सेवाहरु बन्द रहने महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका सबै वडा कार्यालयहरु र सबै स्वास्थ्य संस्थाहरु यथावत रुपमा सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिनु भयो ।
प्रतिक्रिया