ब्रेकिंग न्युज

दुर्घटना न्यून गर्न ट्राफिक प्रहरीले चासो बढायो ।



कपिलवस्तु 

कपिलवस्तुमा दुर्घटना हुने घटना बढ्न लागे पछि जिल्ला ट्राफिक प्रहरी कार्यालयको चासो बढेको छ । जिल्लामा हुने घटना न्यून कसरी गर्न सकिन्छ भनेर ट्राफिक प्रहरीले अन्तरकृया सम्पन्न गरेको छ । बुद्धभुमी नगरपालिका २ गोरुसिंगे थारु कल्याण कारीणी सभा हलमा आयोजित कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले घटना न्यूनी करणका कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो । नगरप्रमुख श्रेष्ठले दुर्घटना स्थलमा उद्धार गर्न प्रहरी सँग सामाग्री कम भएको हुँदा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत गर्नु भयो ।  

सडक दुर्घटना बढ्नुमा सडकको अवस्था, सवारी साधनको चाप बढ्नु , नियम मिचेर सवारी साधन चलाउनु रहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो । पछिल्लो समयमा जिल्लामा दुर्घटना बढ्दै गएको हुँदा न्यूनीकरणको अभियानको थालनी गर्नु पर्नेमा जोड दिनु भयो । अन्तरकृयामा बोल्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले दुर्घटनामा उद्धारका लागि प्रयोग हुने सामाग्री नहुँदा प्रहरीलाई उद्धार कार्यमा समस्या रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, बुद्धभुमी वडा नं. १ अध्यक्ष तेज वहादुर बस्नेत, बुद्धभुमी उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल लगायतले बोल्नु भएको थियो । ट्रफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिलिप कार्कीले जिल्ला र देशभर भएका घटनाको प्रस्तुतीकरण गर्नु भएको थियो । 

प्रकाशित : १० बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६