रुपन्देही ११ बैशाख । सत्तारुढ नेकपा (एमाले)को १० औ महाधिबेशन आयोजक कमिटीको बैठकले रुपन्देहीमा दधिराम न्यौपाने (दयाराम )लाई इन्चार्जको जिम्मेवारी दिएको छ । यसैगरी अर्घाखाँची इन्चार्ज चन्द्र वहादुर खड्कालाई दिएको छ । उहाहरु दुबै माओवादी केन्द्र छाडेर एमालेमा आउनु भएको हो । एमालेमा लाग्दा न्यैपानेले प्रदेश सभाको सदस्य समेत गुमाउनु भएको छ भने खड्काले राष्ट्रिय सभा सदस्य गुमाउनु परेकोछ ।
माओवादीले कारवाही गर्दाउहाहरुका पद गुमेपनि एमालेले भने सम्वन्धित जिल्लाको इन्चार्जको महत्वपूर्ण जिम्मेवारी दिएर उहाहरुलाई अझ दृढ तुल्याउन खोजेकोछ । यता सोही बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेकोछ । यस्तै कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । कार्य विभाजन अनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया