बुटवल १२ बैशाख । रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँमिल स्थित प्यारामाउण्ट बोर्डिङ स्कुलमा अध्यनरत छात्राको मृत्यु भएपछि बिद्यालयमा तनाव उत्पन्न भएको छ ।विद्यालयको छात्रावासमा बसेर एसईई परिक्षाको तयारी गरिरहेकी नयाँमिलकै प्रतिमा सापकोटा अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएकोमा अकस्मात मृत्यु भएको विद्यालयले जनाएको छ
विद्यार्थीका आफन्त भास्कर भण्डारीले विद्यालयबाट दिउँसो १ बजेतिर प्रतिमा बिरामी भएकोले अस्पताल लगिएको भन्दै परिवारलाई खबर गरेको र आफुहरु अस्पताल पुगेको केही समयमै उनको मृत्यु भएको बताए ।उनलाई सनिवार बिहान उच्च ज्वरो आउने, टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल लगिएको विद्यालयले जनाएको छ ।उनिसगै छात्राबासमा बसेर अध्यययन गरिरहेका अरु विद्यार्थीमा पनि टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको भण्डारीले बताए । विद्यालयले केही विद्यार्थीहरुलाई घर पठाईसकेको छ भने ३० जना जति विद्यार्थी विद्यालयमै रहेको र पिसिआर परिक्षणको लागि पहल भईरहेको उनले बताए ।
एसईई र आईतवारदेखि सुरु हुन लागेको कक्षा आठको परिक्षाको लागि विद्यार्थीहरुले छात्रावासमै बसेर तयारी गरिरहेको विद्यालयले जनाएको छ ।अहिले बालिकाका आफन्त र बिद्यालय प्रशासनका बिच छलफल भई रहेको प्रहरी जनाएको छ । त्यस्तै कक्षा सात सम्मका विद्यार्थीहरुको परिक्षा संचालन भईरहेको थियो । अभिभावक र सरकारले समेत कोभिडको जोखिम बढेको भन्दै बिद्यालय बन्द गर्न गरेको आग्रहलाई प्याव्सन र एन प्याव्सनले अटेर गर्दै आएका छन् ।
प्रतिक्रिया